२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
काेराेना कहर

कुन कुन ४५ जिल्लामा निषेधाज्ञा, ओखलढुंगामा अब के हुन्छ ?

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आइतबार साँझसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप ४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरण अनुसार आजबाट महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका हुन् ।

    ति मध्ये महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

    मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

    गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।

    यसरी निषेधाज्ञ जारी भएका जिल्लारमा प्रदेश १ का झापा माेरङ सुनसरी ताप्लेजुङ र उदयपुर रहेका छन् ।  प्रदेश १ का यी सहित देशभर सरकारले ४५ जिल्लामा निषेधाज्ञा जारी गरेकाे छ । आज मात्रै ७ हजार ४ सय काेराेना संक्रमित फेला परेका छन् ।

    यी जिल्लामा भएकाे निषेधाज्ञाले ओखलढुंगासहित पहाडि जिल्ला प्रभावित हुनेछन् । उदयपुर ओखलढुंगाका छिमेकी जिल्ला मात्र नभएर मुख्य प्रवेशद्वार पनि हाे । स‌क्रमित धेरै हुँदा आवत् जावतका कारण फैलन सक्ने देखी प्रदेशका अन्य जिल्लाबाट ढुवानी तथा आउजाउमा समेत प्रत्यक्ष असर हुनेछ ।

    ओखलढुंगामा हालसम्म ५ जना संक्रमित फेला परिसकेका छन् । निषेधाज्ञा लाउने अवस्था नरहे पनि स्थानीय तहले परीक्षा संचालन गर्ने हाट बजार लाग्ने र भाेज भतेरका कार्य भइरहेकाले महामारी फैलने चिन्ता बढेकाे छ ।

    जिल्लामा परिक्षण तथा उपचार प्याप्त प्रबन्ध नहुँदा समस्या हुने देखिएकाे छ  । अवस्था सामान्य रहेकाले निषेधाज्ञा वा अन्य कडा विपल्प नसाेचिएकाे सतर्कता मात्र अपनाइएकाे स्वास्थ्य कार्यालयकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस