२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

ओखलढुंगामा काेराेना संक्रमित फेरि थपिए, अहिलेसम्म कति संक्रमित ?

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा काेराेना संक्रमित फेरि थपिएका छन् । आइतबारकाे परीक्षणमा थप एक जनामा संक्रमण देखिएकाे छ । यस अघि संक्रमित  एक कार्यालयका कर्मचारिकाे परिवारकाे सदस्यमा संक्रमण भएकाे बताइएकाे छ ।

    यस अघि चार जना संक्रमित फेला परिसकेका छन् । ती मध्ये एक जना विरामी भएर काठमाण्डाैं उपचार गर्न जाँदा परिक्षण गर्दा फेला परेका थिए । अन्य चार जना जिल्लामै परिक्षणबाट पुष्टि भएका हुन् ।

    संक्रमणकाे महामारी देखिने अवस्था आइसक्दा पनि स्थानीय सरकार र सरकारी अस्पतालकाे तयारी भने शुन्यप्राय: रहेकाे भन्दै सर्वसाधारण आक्राेशित छन् ।

    प्रतिक्रिया दिनुहोस