२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

हंशराज वाग्लेद्वारा नगरपालिकालाई मास्क र सेनिटाइजर हस्तान्तरण

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित २ साल अघि
  • ‌‌ओखलढुंगा- नेकपा एमालेका प्रदेश नं १ कमिटीका सदस्य, प्रदेश युवा तथा खेलकुद विभाग सह-ईन्चार्ज हंशराज वाग्लेले सिद्धिचरण नगरपालिकालाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

    भलिवलका पूर्व राष्ट्रिय खेलाडि समेत रहेका वाग्लेले नगरपालिकालाई २ हजार ५ सय थान सर्जिकल मास्क र २० लिटर सेनिटाइजर उपलब्ध गराएका हुन् ।

    नगरबासीहरुलाई काेराेना भाइरस काेभिड १९ बाट सुरक्षित राख्ने अभियानमा सहयाेग गर्ने उद्देश्यले वाग्लेले व्यक्तिगत लगानीमा मास्क र सेनिटाइजर दिएकाे जानकारी दिए ।

    सिद्धिचरणका मेयर माेहनकुमार श्रेष्ठलाई उपप्रमुख इच्छाकुमारी गुरुङ प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पाेखरेललगायतकाे उपिस्थितमा वाग्लेले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उनले महामारीकाे समयमा सामािजक काम गर्न प्रत्साहन गर्ने उद्देश्यले मास्क र सेनिटाइजर हस्तान्तरण गरेकाे बताए ।

    नेता वाग्लेले सिद्धचरण नगरपालिकाकाे वडा नं ९ मा छुट्टै मास्क तथा सेनिटाइजर सर्वसाधारणलाई उपल्बध गराउने बताएका छन् । सामग्री बुझ्दै मेयर श्रेष्ठले नेता तथा समाजसेवी वाग्लेले गरेकाे सहयाेग स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान भएकाे भन्दै आगामी दिनमा पनि सहयाेग गर्न आग्रह गर्दै धन्यवाद दिए ।

     

    प्रतिक्रिया दिनुहोस