२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काेराेना जाेखिम बढेकाले हटियामा अब कृषि उपज मात्रै !

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणकाे जाेखिम बढेपछि स्थानीय हाट बजारमा तरकारी जन्य वस्तु मात्रै राखेर किनबेच गर्न पाइने भएकाे छ । जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्रकाे बैठकले भीडभाड बढ्ने भएकाले हटियामा तरकारी जन्य वस्तु मात्र राखेर काराेबार गर्न,  स्थायी रुपमा बसेर ब्यवसाय गर्ने फलफुल तथा तरकारी व्यवासयीलाई साेही अनुसार व्यवस्थापन गर्न निर्णय भएकाे छ ।

    सदरमुकामसहित अन्य सबै स्थानीय हाट बजारका लागि यही निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ । यस अघि हटियामा सुरक्षा मापदण्ड पालन नहुने र भीडभाड बढेकाे गुनासाे थियाे । जिल्लामा धमाधम संक्रमित भेटीन थालेपछि प्रशासनले यस्ताे निर्णय गरेकाे हाे ।

    प्रतिक्रिया दिनुहोस