२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
काेराेना अपडेट:

ओखलढुंगामा चार संक्रमित, सरकारी अस्पतालमा बेड छैन, सामुदायिकमा धान्नै गाह्राे

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७८ बैशाख १८, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा काेराेना संक्रमितकाे संख्या चार पुगेकाे छ । शनिबारसम्म जिल्लामा चार जना संक्रमित फेला परेका हुन् । यस अघि २ जना फेला परेका थिए । शुक्रबार २ जना फेला परेकाेमा याे समाचार तयार पार्दासम्म चार जना फेला परेका हुन् ।

    यस अघि कर कार्यालयका कर्मचारी र खिजीदेम्वाकाे एक युवामा देखिएकाेमा अहिले साेलुखुम्बुबाट उपचारका लागि पठाइएका एक युवा र खिजीदेम्वाका एक जनप्रतिनीकाे परिवारका सदस्यमा संक्रमण देखिएकाे हाे ।

    जिल्लामा स्थानीय व्यक्तिमै संक्रमण देखिए पनि राेकथाम तथा व्यवस्थापनमा सरकारकाे ध्यान गएकाे छैन । अस्पतालमा उपचारका लागि गएका विरामी उपचार विनै फर्किएका छन् ।  संघीय सरकार तथा स्थानीय सरकारले चासाे निदँदा महामारी फैलने त्रास बढेकाे छ ।

    यसैबीच साेलुबाट उपचारका लागि आएकाे व्यक्तिकाे उपचार समेत जिल्ला अस्पतालले गर्न अस्वीकार गरेकाे थियाे । यसकाे कारण वेड अभाव भएकाे भन्ने देखाइएकाे थियाे । विरामीकाे सीडियाेकाे समन्वयमा सामुदायिक अस्पतालमै उपचार  भएकाे थियाे ।

    प्रदेश र संघीय सरकारले चासाे नदिदा जिल्लामा यस अघि स्थापना भएका आइसाेलेशन सेन्टर सुचारु हुने अवस्थामा छैन। जिल्ला अस्पतालले काेभिड अस्पताल व्यवस्थापन गर्न पनि चासाे नदिएकाे सराेकारवालाहरुकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस