ओखलढुंगा- ओखलढुंगामा काेराेना संक्रमितकाे संख्या चार पुगेकाे छ । शनिबारसम्म जिल्लामा चार जना संक्रमित फेला परेका हुन् । यस अघि २ जना फेला परेका थिए । शुक्रबार २ जना फेला परेकाेमा याे समाचार तयार पार्दासम्म चार जना फेला परेका हुन् ।
यस अघि कर कार्यालयका कर्मचारी र खिजीदेम्वाकाे एक युवामा देखिएकाेमा अहिले साेलुखुम्बुबाट उपचारका लागि पठाइएका एक युवा र खिजीदेम्वाका एक जनप्रतिनीकाे परिवारका सदस्यमा संक्रमण देखिएकाे हाे ।
जिल्लामा स्थानीय व्यक्तिमै संक्रमण देखिए पनि राेकथाम तथा व्यवस्थापनमा सरकारकाे ध्यान गएकाे छैन । अस्पतालमा उपचारका लागि गएका विरामी उपचार विनै फर्किएका छन् । संघीय सरकार तथा स्थानीय सरकारले चासाे निदँदा महामारी फैलने त्रास बढेकाे छ ।
यसैबीच साेलुबाट उपचारका लागि आएकाे व्यक्तिकाे उपचार समेत जिल्ला अस्पतालले गर्न अस्वीकार गरेकाे थियाे । यसकाे कारण वेड अभाव भएकाे भन्ने देखाइएकाे थियाे । विरामीकाे सीडियाेकाे समन्वयमा सामुदायिक अस्पतालमै उपचार भएकाे थियाे ।
प्रदेश र संघीय सरकारले चासाे नदिदा जिल्लामा यस अघि स्थापना भएका आइसाेलेशन सेन्टर सुचारु हुने अवस्थामा छैन। जिल्ला अस्पतालले काेभिड अस्पताल व्यवस्थापन गर्न पनि चासाे नदिएकाे सराेकारवालाहरुकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस