२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

बाढी पहिराेकाे वितण्डा: सिल्खुमा लाखाैंकाे क्षति

  • २०७८ बैशाख १८, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिका वडा नं  ३ स्थित कालिकाकाे खिल्खु बेसीमा गएकाे पहिराेले लाखाैंकाे क्षति गरेकाे छ । सिल्खुमाथि खनेकाे कच्ची सडक र खहरेमा जम्मा भएकाे भेल बाढीकाे रुपमा गएपछि घर तथा खेत पुर्ने काम गरेकाे स्थानीयले बताए । बाढीले ९ पशू चाैपाया बगाएकाे छ भने घर तथा विद्यालयमा  क्षति पुगेकाे छ ।

    अचानक भएकाे बर्षाका कारण बाढी पहिराे आउँदा पशु चाैपाय बगाएकाे, मकै पुरेर खेतमा क्षति भएकाे  बताइएकाे छ । किसानलाई परेकाे मर्का र क्षतिकाे एकिन गरेर क्षतिपूर्ति दिन स्थानीयले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस