२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओखलढुंगामा दुई जनामा काेराेना संक्रमण, संक्रमणकाे जाेखिम बढ्याे तयारी शून्य

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जिल्ला सदरमुकामस्थित आन्तरिक राजस्व कर कार्यालयका कर्मचारीमा काेराेना संक्रमण देखिएकाे हाे । एन्टिजीन परिक्षणबाट उनमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । त्यस्तै केही दिन अघि खिजीदेम्वाका एक युवामा पनि काेराेना काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

    काेराेना संक्रमण भएकामा कर कार्यालयका कर्मचारी केही समय पहिले  तराइका जिल्ला पुगेर आएकाे बताइएकाे छ भने खिजीका युवामा भने पालिका भित्रै भलिवल प्रतियाेगितामा भाग लिएकाे र पछि काेराेना संक्रमण समेत भएकाे पाइएकाे थियाे । जिल्लामा संक्रमण देखिएकाे भए पनि स्थानीय तहले यसकाे राेकथाम तथा नियन्त्रण,  क्वारेन्टिन र काेिभड अस्पताल व्यवस्थापनमा कुनै चासाे दिएका छैनन् ।

    यस अघि बनाइएका क्वारेन्टिन र काेिभड अस्पताल समेत तथालिङ्ग बनेका छन् । जिल्लामा काेराेना देखिएपछि नागरिकमा त्रास बढे पनि भीडभाडजन्य गतिविधी भने हुन छाडेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस