२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ओखलढुंगा युथ फाउन्डेशनले अग्नी पीडितका घरै पुगेर दियाे राहत

  • २०७८ बैशाख १६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- युथ फाउण्डेशनले माेलुङ गाउँपालिका वडा नं‍ १,  कुन्तादेवीका अग्नी पीडितलाई घरै पुगेर राहत सामग्री उपलब्ध गराएको छ । बैशाख १४ गते  भएकाे आगलागीबाट सम्पूर्ण धनमालसहित घर  जलेर बिचल्लीमा परेक निरबहादुर प्रधानको परिवारलाई लत्ता कपडा सहयाेग गरेकाे हाे ।

    आलागीबाट घर सहित  धनमाल जलेर नष्ट भएर विचल्ली भएका प्रधानको परिवारलाई  ओड्ने, ओच्छ्याउने लत्ता कपडा सहितका सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष विनोद खत्रीले बताए । कोषाध्यक्ष खत्रीको नेतृत्वमा फाउण्डेशनको टोली गाउँमै पुगेर अग्नी पीडित परिवारलाई ७ हजार बराबरकाे  लत्ताकपडा उपलब्ध गराउँदै सहानुभूति व्यक्त गरेकाे थियाे।

    सदरमुकाम ओखलढुंगामा विभिन्न पेशा व्यवसायमा आवद्ध युवाहरुले हालै स्थापना गरेकाे संस्था ओखलढुंगा युथ फाउण्डेशन समाज सेवा तथा समस्यामा परेका व्यक्तिलाई सहायता गर्दै आएकाे छ । विपद्मा परेकाको उद्धार, राहत र उपचारमा सहयोग गर्ने फाउण्डेशनको नीति छ । पीडित हर्कमाया प्रधानले युवाहरुकाे संस्थाले  दुःखमा साथ दिएको बताइन् ।
    अग्नी पीडितलाई लत्ता कपडा दिएर फाउन्डेशनले सह्रानीय कार्य गरेकाे अनेरास्ववियुका केन्द्रीय सचिव तथा स्थानीय युवा दिपक फुयलले बताए ।  समस्यामा परेकाे परिवारलाई सहयाेग गर्न आफूले गरेकाे अनुराेध फाउन्डेशनले व्यवहारमै देखाएर सामाजिक सेवामा तत्परता देखाएकाे भन्दै फुयलले धन्यवाद समेत दिए ।

     

    प्रतिक्रिया दिनुहोस