२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेसले साेध्याे: खै काेराेना राेकथामकाे तयारी ? सरकार चुकेकाे दावी

  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  काेराेना संक्रमण राेकथामका लागि जुन तत्परता र तयारी हुनु पर्ने हाे, त्यस अनुसार नभएकाे भन्दै नेपाली कांग्रेसले आप्पति जनाएकाे छ ।

    जिल्ला कार्य समितिकाे तर्फबाट विज्ञप्ति जारी गर्दै सभापति प्रदिप सुनुवारले संघीय तथा स्थानीय सरकार चुकेकाे बताएका छन् । जिल्ला कार्यालयमा सुनुवारले पत्रकारहरुसँग काेराेना संतक्रमण राेकथामका लागि स्थानीय सरकार जिम्म्वारीका साथ नलागेकाे बताए । काठमाण्डाैंकाे निषेधाज्ञाले जिल्ला भित्रहरुकाे भीड बढेकाे भन्दै नाकामा हेल्थ डेक्स राख्न चेकजाँच गर्ने व्यवस्था गर्न सुनुवारले ध्यानाकर्षण गराएका छन् ।

    संकटबाट जाेगिन सतर्क रहँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्लाबासीलाई अपिल गरिएकाे छ । पत्रकार सम्मेलनमा कांग्रेस नेता डिल्ली खनालले मन्त्रीहरु नै जिल्ला दाैडाहामा लागेर संक्रमणकाे थप जाेखिम बढाएकाे आराेप लगाए । उनले नेकपा एमालेका नेता र मन्त्रीकाे जिल्ला दाैडाहा ठिक नभएकाे तर्क गरे । एमालेकाे ओलि समुहले पालिका तथा वडा तहमा भेला तथा प्रशिक्षण चलाइरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस