२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्रकाे यस्ताे निर्णय !

  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले स्थानीय हाट व्यवस्थापन गर्ने, स्वास्थ्य सामग्री मास्क सेनिटाइजर लगायत वस्तुका अभाव हुन निदने बजार अनुगमन तथा निरीक्षण गर्ने, नाकाबाट प्रवेश गर्नेहरुकाे अभिलेख राख्ने निर्णय गरेकाे छ । त्यस्तै अत्यावस्यक वस्तुकाे अभाव हुन नदिने तथा पेट्राेलियम पदार्थकाे उचित वितरण तथा अभाव हुन नदिने निर्णय गरेकाे छ ।

    प्रमुख जिल्ला अधिकारी बन्दना राईकाे अध्यक्षतामा बसेका बैठकमा सुरक्षा निकाय, उद्याेग बाणिज्य संघका पदाधिकारी तथा पत्रकारहरु सहभागी थिए । सहभागीहरुले आसाेलेशन तथा क्वारेन्टिन व्यवस्थान नाकामा कडाइ तथा परिक्षणमा ध्यान दिन बजारमा हुने अभाव तथा काराेबजारी राेक्न अनुगमन गर्न सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस