२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

कुन्तादेवीको आगो नियन्त्रण बाहिर, ३ घर जलेर खरानी, वस्ती थप जोखिममा

  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गाः मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेविको समुदायिक जंगलमा शुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगोका कारण वन क्षेत्र नजिक रहेका ३ घर र २ मतानसहित पाँच बसोबास गर्दै आएका आवाश जलेका छन् ।

    कुन्तादेवीका स्थानीय धनबहादुर केशीको एक घर एक मतान जलेर खरानी भएका छन् । आगो लागेर ६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै निर बहादुर श्रेष्ठ घर तथा मतान जल्दा ११ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    ३ घर जल्दा २० लाख बराबरको क्षति भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिषक शिव कट्टेलले जानकारी दिनुभयो । आगोले एक हजार हेक्टर बढी सामुदायिक वन क्षेत्र जलेर सखाप भएको छ ।

    आगो अझै नियन्त्रण बाहिर रहेको र अझै केही घरहरु आगोको जोखिममा रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधी जुटे पनि संभव नभएको स्थानीय युवा माधव कार्कीले बताउनुभयो । जिल्लाबाट आगो नियन्त्रणका लागि दमकल पठाइए पनि प्रभावकारी हुन सकेन ।

    अग्नी रेखा बनाएर आगो नियन्त्रणका प्रयास भए पनि आगो वन क्षेत्र नसकिएसम्म नियन्त्रणमा आउन संभव नरहेको स्थानीयको भनाइ छ । आगलागीबाट घर जलेका स्थानीयको बिचल्ली भएको छ ।

    प्रतिक्रिया दिनुहोस