२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

लोकतन्त्र दिवसको अवसरमा युवाहरु गरे उद्यम शुरुवात्

  • २०७८ बैशाख ११, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा सदरमुकाममा युवाहरुले लोकतनत्र दिवसको अबसरमा विभिन्न उद्यमको औपचारिक शुरुवात् गरेका छन् ।
    सिद्धिचरण नगरपालिका वडा नं. १२ को पर्यटकीय क्षेत्र सिद्धिचरण पार्कस्थित युवा योगेश्वर राजभण्डारी र निबन्दना राजभण्डारीको जोडीले पार्कसाइड क्याफे र ओखलढुंगा कोसेली घर शुरुवात् गरेका छन् ।

    क्याफेमा तातो तथा चिसो कफी पिउन र कोसेली घरमा स्थानीय उत्पादनहरु, मायाको चिनो, मेरो प्यारो ओखलढुंगा तथा ओखलढुंगाको आकृति लेखिएका विभिन्न उपहारहरु पाइने सञ्चालक योगेश्वर राजभण्डारीले बताए । सेवा शुभारम्भ कार्यक्रममा सांसद यज्ञराज सुनुवार, सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति थियो ।

    त्यस्तै ज्ञानेन्द्र रुम्दाली, छवि मगराति, लक्ष्मण राउत लगायत युवाले लिब्जु मल्टिप्रपोज सप्लायर्स कम्पनीको कार्य थालनी गरेका छन् । उक्त कम्पनीले साना व्यवसायमा लगानी गर्ने देखि सबैखाले वस्तुको सप्लायर्सका रुपमा काम गर्ने हुँदा साना व्यवसायीहरुलाई सामान सप्लाइको समस्या हल हुने बताइएको छ । उक्त कम्पनीले सिद्धिचरण नगरपालिका वडा नं. ११ बाट सेवा उपलब्ध गराउने छ ।

    ऋण प्राप्ति, ढुवानी सेवा देखि सामानको घर घरै ढुवानी गर्ने सुविधा तथा नयाँ प्रकृतिका व्यवसायका लागि यस कम्पनीले काम गर्ने सञ्चालकममध्येका एक छवि मगरातिले बताए ।

    अर्का युवा पदम परियारले सिद्धिचरण १२ मै कम्युटर सम्बन्धी सप्लार्यस शुरु गरेका छन् । उनले कम्युटर मर्मतदेखि आवश्यक सबै खाले उपकरण सप्लाइ गर्ने गरि सेवा शुरु गरेका हुन् । लोकतन्त्र दिवसको अवसर पारेर युवाहरुले व्यवसाय शुरु गर्नु सकारात्मक पक्ष रहेको सरोकारवालाहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस