२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

स्तरोन्नतिको मागसहित सिद्धिचरण लोकमार्गकाे उदयपुर खण्ड अनिश्चितकाल बन्द

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– जीण राजमार्ग स्तरोन्नतिको माग गर्दै सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्थानीयले बन्द गरेका छन् । सवारी आवतजावत् समेत ठप्प पारेर अनिश्चिित कालीन बन्दमा उत्रिएका स्थानीयले ३ बुँदै माग राखेका छन् ।

    सडक अवरुद्ध भएसँगै माथिल्लो सगरमाथाअ न्तरगत ओखलढुंगा, सोलु र खोटाङ्गमा ढुवानी सेवा ठप्प भएको छ भने सवारी साधन सिन्धुलीको खुर्कोट–बर्दिबास हुँदै घुमाएर सञ्चालन गरिएको छ । बन्दका कारण ढुवानीमा अबरोध पुगेको छ भने खुर्कोट हुँदै घुमेर यात्रा गर्दा यात्रुहरुलाई दोब्बर बढी भाडा तिर्नुपर्छ ।

    पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको उक्त सडक जीर्ण हुँदा दुर्घटना बढ्ने, बारम्बार अबरुद्ध हुने हुँदा ढुवानी लगात बढेर उपभोक्ता मर्कामा पर्दै आएको ओखलढुंगा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताउनुभयो । संघले पटक पटक प्रदेश सरकारका मन्त्री तथा सांसदहरुलाई यसबारे ध्यानाकर्षण गराएपनि चासो नदिएको मास्केको गुनासो छ । कटारी घुर्मी सडक खण्ड उदयपुरमा परे पनि त्यसको असर भने माथिल्लो सगरमाथाका तीन जिल्लालाई पर्दै आएको छ ।

    सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने लोकमार्गको स्तरोन्नति माग गर्दै आएका स्थानीय उपभोक्ता संघर्ष समितिले सरकार र डिभिजन सडक कार्यालय लाहानलाई ज्ञापनपत्र बुझाउँदा समेत वेवास्ता गरेको भन्दै आन्दोलित भएका हु्न् ।

    संघर्ष समितिले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा लोकमार्ग सुरक्षित आउजाउ गर्न यसअघिदेखि उठाउँदै आएको दुई लाईन सडक बनाउनुपर्ने मागलाई कार्यान्वयन गर्न पर्याप्त बजेट बिनियोजन गर्न, त्यसको लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

    सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगाको सीमा घुर्मीसम्मको सडक खण्ड तत्काल स्तरोन्नति गर्न उनीहरुको माग छ । उक्त खण्डको सडक जिर्ण भएकाले बारम्बार दुर्घटना हुँदा पनि दीगो मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई वर्षौंदेखि समस्या भोग्नुपरेको संर्घष समितिका संयोजक दिपक क्षेत्रीले बताए ।

    सडक स्तरोन्नतिको बजेट सुनिश्चितता, उक्त सडक स्तरोन्नतिका लागि छुट्टै आयोजना कार्यालय कटारीमा स्थापना र तत्काल अप्ठेरो ठाउँहरुको मर्मत हुनुपर्ने माग छ । सबै माग पुरा नभएसम्म आन्दोलन नरोकिने क्षेत्रीले जानकारी दिए ।

    कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुसार बारम्बार सडक स्तरोन्नतिको माग गर्दै आए पनि सम्बन्धित निकायले नसुनेकाले आन्दोलन गरिएको हो । संघर्ष समितिले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा लोकमार्ग सुरक्षित आउजाउ गर्न यसअघिदेखि उठाउँदै आएको दुई लाईन सडक बनाउनुपर्ने मागलाई कार्यान्वयन गर्न पर्याप्त बजेट बिनियोजन गर्न, त्यसको लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

    कटारी नगरपालिकाका वडा नम्वर ८, ९, १०, ११, १३ र १४ ले छोएको उक्त खण्डको सडक स्तरोन्नतिको माग गर्दै सोही वडाको स्थानीयले अनिश्चितकालीन बन्द को आह्वान गरेका हुन् । दिनरात हजारको संख्यामा बढी भारक्षमताका टिपर चल्ने भएकाले वर्षेनी मर्मत गरे पनि बिग्रेर जस्ताको तस्तै हुने गरेको छ ।

    मिर्चयादेखि कटारी घुर्मी हुँदै ओखलढुंगा, सोलुखुम्बुसम्म जोड्ने उक्त सडक नेपाली सेनाले ०५८ सालमा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित निर्माण गरेको थियो । पुरानो प्रविधि, मेसिन उपकरणको अभावले जनशक्तिकै भरमा कोदालो र झम्पलको भरमा खनिएको उक्त सडक पहाडी भेग भएकाले घुम्ती र साँघुरो पनि छ ।

    उक्त सडक स्तरोन्नतिका लागि सुनसरी, सिरहा, उदयपुर, ओखलढुंगा र सोलुका सांसदहरुले संघीय सरकारलाई गत वर्ष नै चार लेनको पक्की सडक बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । जनप्रतिनिधीको माग संघीय सरकारले् नसुनेपछि स्थानीय आन्दोलनमा उत्रिएको ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार बताउँछन् । उनले सरकारले स्थानीय नागरिकको माग सुन्नुपर्नेमो जोड दिए ।

    प्रतिक्रिया दिनुहोस