२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

प्रधानमन्त्री ओलि र जसपाका अध्यक्ष ठाकुरबीच वार्ता सत्ता साझेदरीका विषयमा छलफल

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्षणलाल कर्णले भने ।

    एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ  शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् । सत्ता साझेदारीका विषयमा दुइदल छलफलमा छन् ।

    प्रतिक्रिया दिनुहोस