२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
किन हुन्छ दैनिक आगलागी ?

मानेभञ्ज्याङमा आगलागी: २ घर जले, वस्ती नै जोखिममा

  • २०७८ बैशाख २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका २ वाक्सामा आगलागी भएको छ । गोठको चुल्होबाट सल्केको आगोले २ घर जलेका छन् ।

    स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर र एक मतान तथा छिमेकी कृष्ण बहादुर राईको घर र मतान समेत जलेको मानेभञ्ज्याङ गाउँपालिका २ का वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिए ।

    कार्कीका अनुसार अरु चार/पाँच घर जोखिममा छन् । स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि सफल भएका छैनन् । आगो जंगलमा प्रवेश गरेकाले नियन्त्रण बाहिर गएको कार्कीले बताए । घरसँगै सम्पूणर् धनमाल तथा खाद्यन्न जलेपछि दुई परिवारको बिचल्ली भएको छ । दुई जल्दा ३० लाख माथि क्षति भएको अनुमान गरिएको छ ।

    आगो नियन्त्रणका लागि प्रहरी चौकी केत्तुके र मानेभञ्ज्याङबाट समेत प्रहरी खटाइएको छ । मानेभञ्ज्याङमा आगो लागेको यो तेस्रो पटक हो । यस अघि दुई पटक वडा नं. ४ का वन क्षेत्रमा भीषण आगो लागेको थियो । जिल्लाभर दुई दर्जन बढी स्थानमा आगालगी भएका छन् ।

    घर तथा धनमाल र हजारौं हेक्टर वन क्षेत्र समेत जलेर सखाप भएको छ । पानी नपर्दा दैनिक आगलागिका घटना हुँदै आएका छन् । सुख्खा क्षेत्रका वनमा आगलागी हुँदा जनशक्ति खटाएर नियन्त्रणमा ल्याउन समेत कठिन हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस