२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्याकेजमा कृषि अनुदान बाड्दै मोलुङ

  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– मोलुङ गाउँपालिकाले पालिकाभित्रका व्यवसायिक किसानलाई अनुदान प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत गाउँपालिकाले विभिन्न १० प्याकेज घोषणा गरेको हो ।

    गाउँपालिकाले साना व्यवसायिक किसानलाई अनुदान दिएर कृषिलाई व्यवसायिकीकरण गर्ने उद्देश्य राखेको गाउँपालिकाका सुचना अधिकारी गोपाल नेपाल बताउँछन् । गाउँपालिकाले खाद्यबाली, नगदेबाली, माछा, तरकारी खेति र बाख्रा पालनका विभिन्न प्याकेजमा अनुदानका लागि प्रस्ताव मागेको छ ।

    १५ हेक्टरसम्म खेति गर्ने कृषक समुह, फर्म तथा सहकारीलाई खाद्यन्न बालीमा अनुदान ७ हेक्टरसम्म खेति गर्नेलाई नगदेबाली तथा तरकारी, १० हजार बर्गमिटरमा प्लाटिक टनेलमा खेति, माछा तथा च्याउका प्रजाति हेरेर व्यवसायिक खेति गर्नेलाई ९ प्याकेजमा अनुदानको व्यवस्था गरिएको छ ।

    त्यस्तै बाख्रा पालन गर्ने फर्म तथा समुहलाई ५ पकेटमा एक प्याकेज हुने गरि १ हजारसम्म बाख्रा पालन गर्दा अनुदान पाउने कार्यविधी बनाएर प्रस्ताव माग गरिएको छ । यसरी माग गरिएका प्रस्तावको मूल्यांकन तथा अनुगमन गरेर अनुदान दिइने नेपालले जानकारी दिए ।
    प्रत्येक पकेटमा छनौट हुने किसानले ३ लाख अनुदान पाउने छन् ।

    त्यसरी दिइएको अनुदानको प्रभावकारी अनुगमन र कृषकलाई प्रोत्साहन आवश्यक भएको सरोकारवालाको भनाइ छ । कृषि फारम दर्ता मात्रै गरेर अनुदान लिने चलन समेत बढेकाले वास्तविक किसानलाई छनौट गर्नुपर्ने उनहरुको जोड छ । अनुदान दुरुपयोग हुन नदिने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस