२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

हर्कपुर नाकामा सिसि क्यामेरा, कहिले बन्लान् सदरमुकाममा चट्याङ् लागेका ?

  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः माथिल्लो सगरमाथाको प्रवेशद्वार ओखलढुंगाको हर्कपुर नाकामा सिसिक्यामेरा जडान गरिएको छ । सडक सुरक्षा र अपराधिक घटनाको निगरानीका लागि सुनकोसी पुल र हर्कपुर बजारमा मानेभञ्ज्याङ गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा क्यामेरा जडान गरिएको हो ।

    दृश्य अनुगमन भने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले गर्नेछ । त्यसका लागि हर्कपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा अनुगमन स्कृन राखिएको छ । यसले नाकामा हुने अवराधिक गतिविधी र सडक सुरक्षाको निगरानी गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ को हर्कपुर सगरमाथाका तीन जिल्ला ओखलढुंगा हुँदै खोटाङ र सोलुखुम्बु प्रवेशको नाका हो । तीन वटै जिल्लालाई राजमार्गमा जोड्ने एक मात्र हर्कपुर नाकामा अपराधिक गतिविधी नियन्त्रणका लागि अनुगमन गर्न हहज होस् भनेर सुनकोसी पुल र बजार क्षेत्र देखिने गरि ४ वटा सिसिक्यामेरा राखिएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए ।

    प्रहरी कार्यालयको पहलपछि गाउँपालिकाले बजेट विनियोजन गरेर क्यामेरा जडान गरि हस्तान्तरण गरेको छ । क्यामेरा जडानका लागि गाउँपालिकाले ४ लाख ९९ हजार खर्च गरेको छ । सिमा नाका तथा बजार क्षेत्रमा सिसिक्यामेरा जडान गरेपछि चोरी डकैति तथा अपराधका घटना कम हुने, भइहालेमा अनुसन्धान गर्न सहज हुने भएकाले सिसिक्यामेरा राखेपछि बजार क्षेत्र सुरक्षित भएको हर्कपुरका व्यापारी शंकर श्रेष्ठ बताउँछन् ।

    उनले हलेसी मिनि सोलार ग्रिडबाट निशुल्क सिसिक्यामेरा सञ्चालनका लागि बत्ति निशुलक उपलब्ध गराएका छन् । क्यामेरा खरिद गर्ने गाउँपालिकालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी बन्दना राईले सम्मान समेत गरिन् ।

    बजार क्षेत्रमा एक वर्षदेखि मर्मत भएनन्

    यस्तै गत वर्ष प्रहरीको पहलमा सिद्धिचरण नगरपालिकाका वडा नं. ११ र १२ का विभिन्न चोकहरुमा राखिएको सिसिक्यामेरा भने सञ्चालनमा छैनन् । गत वर्ष चट्याङ लगेर जलेका ती क्यामेरा मर्मतका लागि नगरपालिका र प्रहरीले चासो दिएका छैनन् ।

    प्रहरीले मर्मत गर्ने बजेट प्रहरी कार्यालयमा नहुने भएकाले नगरपालिकाबाटै व्यवस्था हुनुपर्ने जनाएको छ । वडा नं. १२ को गणेशटोल, नयाँबजार, रमाइलोडाँडा, नगरपालिका कार्यालय वरपर, रामबजार र गोरुमारे तथा बैंक तथा वित्तिय संस्था रहेका आपसामा क्यामेरा जडान गरिएका थिए ।

    मर्मत गर्ने हो भने प्रहरीले नियमित अनुगमन गर्ने चोरी निकासी तथा अन्य आपराधिक घटनाको निथगरानी, अनुसन्धान तथा कारवाहीका लागि सहज हुने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस