२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

उत्कृष्ट खेलाडिलाई सानीमा लाइफकाे ट्रफी !

  • २०७७ चैत्र १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जीवन बिमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्सले उत्कृष्ट फुटवल खेलाडीहरुलाई ट्रफी प्रदान गरेकाे छ । सानीमाकाे ओखलढुंगा शाखा कार्यालयले खुल्ला फुटवल प्रतियाेगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गाेल रक्षकलाई ट्रफी प्रदान गरेकाे शाखा प्रमुख पर्वत कार्कीले जानकारी दिए ।

    नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल सुनकाेसीकाे आयाेजनामा भएकाे खुल्ला फुटबल प्रतियाेगितामा कम्पनीले खेल क्षेत्रमा सानाे भए पनि याेगदान पुर्याउने उद्देश्यले खेलाडिलाई प्राेत्साहन गर्न ट्रफी प्रदान गरेकाे  बताइएकाे छ ।

    सानीमा ओखलढुंगामा जीवन विमाका क्षेत्रमा क्रियाशिल छ ।

    प्रतिक्रिया दिनुहोस