२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

चिशंखुगढीमा फेरि आगलागी !

Thumbnail
  • २०७७ चैत्र ८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- यस अघि लागेकाे आगाे नियन्त्रणमा आइसक्न नपाउँदै चिशंखुगढिमा फेरि आगलागी भएकाे छ । वडा नं ३ दियाले स्थित काेतगढी आसपासका क्षेत्रमा भिषण आगलागी भएकाे स्थानीय युवा झनक श्रेष्ठले बताए ।

    उनले आगाेले व्यक्तिकाे निजि तथा सामुदायिक वनकाे सयाैं हेक्टर सखाप भएकाे छ भने वस्ती समेत जाेखिममा परेकाे छ । आइतबार विहान १० बजेबाट शुरु भएकाे आगाे नियन्त्रका लागि स्थानीय र प्रहरी खटे पनि संभव नभएकाे । श्रेष्ठकाे भनाइ छ । साँझसम्म पनि आगाे नियन्त्रणमा आउन सकेकाे थिएन ।

    यसअघि वडा नं ४ काे रातमाटेकाे सामुदायिक वनमा आगाे लागेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस