२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

गिरिजाप्रसाद काेइरालाकाे स्मृतिमा पुस्तकालय स्थापना

  • २०७७ चैत्र ८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको ११ औ स्मृति दिवशमा पुस्तकालय स्थापना गरिएको छ । जिपी कोइराला फाउण्डेशन जिल्ला शाखा ओखलढुंगाले पुस्तकालय स्थापना गरिएको हो ।

    सिद्धिचरण नगरपालिका ११ गैरीगाउँस्थित जालपा माविमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याइएको जिपी कोइराला फाउण्डेशन ओखलढुंगाका अध्यक्ष विनोद कुमार केसीले जानकारी दिए ।। विद्यालयले उपलब्ध गराएको एउटा कोठामा गिरिजा प्रसाद कोइराला स्मृति पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय व्यवस्थापनका लागि सिद्धिचरण नगरपालिका वडा नम्बर ११ ले एक लाख बजेट विनियोजन गरेको थियो ।

    पुस्तकालयको उद्घाटन सिद्धिचरण नगरपालिका ओखलढुंगाका मेयर मोहनकुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा उनले गिरीजाप्रसाद कोइरालाल नेपाली कांग्रेसको मात्र नभइ सिंगो राजनीतिक आन्दोलन र शान्ति प्रकृयाका अभिभावक भएको बताए ।

    गिरीजाप्रसाद कोइरालाको व्यक्तित्व, जिवन भोगाई र राजनीतिक संघर्ष, शान्ति प्रकृयामा उहाँले खेलेको भूमिका एवं योगदानका बारेमा जि.पि कोइराला फाउण्डेशन फर डेमोक्रेसी पीस एण्ड डेभ्लप्मेन्ट केन्द्रीय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले चर्चा गरेका थिए । लामो समयसम्म कोइरालालको सहयोगी समेत रहेका दाहालको विशेष पहल र फाउण्डेशनका केन्द्रीय अध्यक्ष एवं कोइराला पुत्री सुजता कोइरालाको सहयोगमा पुस्तकालयका लागि पुस्तक संकलन गरिएको थियो । स्थापना गरिएको बताइएको छ ।

    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार, उपसभापति तेजेन्द्र खनाल, महासमिति सदस्य टेकराज भट्टराई, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई, नेपाली कांग्रेस सुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य भोजकुमार श्रेष्ठ लगायत नेताहरुले नेपालको लोकतान्त्रिक आन्दोल र शान्ति प्रकृयामा पुर्याएको योगदान, प्रेस स्वतन्त्रता तथा ट्रेड युनियन अधिकारको सवालमा स्व.कोइरालाले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

    पुस्तकालयमा राजनीतिक, आर्थिक, सामाजिक, भौगोलित, इतिहास, साहित्यिक लगायत विभिन्न विषयका पुस्तकहरु उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस