२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओखलढुंगा युथ फाउण्डेशनकाे हाेलि विशेष कार्यक्रम

  • २०७७ चैत्र ८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- युवाहरुकाे सक्रियतामा हालै स्थापना भएकाे ओखलढुंगा युथ फाउन्डेशनले हाेलि विशेष कार्यक्रम आयाेजनाकाे तयारी थालेकाे ५ । चैत १५ गते सदरमुकाम ओखलढुंगामा सांस्कृतिक कार्यक्रमसहितकाे फुड फेस्टिभल आयाेजना गर्न लागेकाे फाउन्डेशनका विनाेद खत्रीले जानकारी दिए ।

    फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारकाे सांगितिक प्रस्तुतीसहित विभिन्न परिकारकाे स्वाद लिने पाइने फाउन्डेशनले जनाएकाे छ । सदरमुकाम ओखलढुंगामा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुले स्थापना गरेकाे फाउन्डेशनकाे  जिल्लाभरका युवाहरु समेटेर सामाजिक काममा अगुवाइ गर्ने उद्देश्य रहेको छ ।

    यस अघि संस्थाले सिद्धचरण नगरपालिका वडा नं १२ का विपन्नलाई न्यानाे कपडा वितरण गर्ने काम गरेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस