२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कटारी मेयर कपका लागि तेक्वान्दाेका खेलाडी छनाैट

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा-  जिल्ला तेक्वान्दाे संघले मेयर कपका लागि खेलाडी छनाैट गरेकाे छ । कटारी नगरपालिकामा हुने उक्त कपमा सहभागी हुने खेलाडि छनाैट गरिएकाे हाे ।

    जिल्ला तेक्वान्दो संघ ओखलढुंगा र सिद्धिचरण नगरपालीकाको आयोजनामा ओखलढुंगा क्याम्पसको खेलमैदानमा आज जिल्ला छनौट प्रतियोगीता गरिएको छ।

    प्रतियोगितामा महिला ५७ केजी तौल समूह अन्तर्गत सुनिता राई, ५३ केजीमा बन्दना राई, ४९ केजीमा अन्जना सिलवाल, ३८ केजीमा प्रतिमा राई, ४६ केजीमा सुजा कार्कि छनौट भएका छन् । त्यस्तै पूरुषतर्फ ५० केजीमा नविन दाहाल, ६२ केजीमा राम कटवाल, ५४ केजीमा प्रदिप राई, ४५ केजीमा बलराम भुजेल, ३४ केजीमा विश्व थापा, ५८ केजीमा लक्ष्मण कट्वाल र ५२ केजीमा भरत सुनुवार रहेका छन् ।

    प्रशिक्षकमा शिवराम राई सहित कटारी नगर मेयर कपमा सहभागिताका लागि छनौट भएका १२ जना खेलाडी बिहीबार उदयपुरको कटारी प्रस्थान गर्ने जिल्ला तेक्वान्दो संघ ओखलढुंगाका उपाध्यक्ष अशेष श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस