२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

चिशंखुगढीमा कृषि र शैक्षिक सुधारका लागि दुई कराेडकाे परियाेजना !

  • २०७७ फागुन २५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चिशंखुगढ़ी गाउँपालिकाले कृषि उत्पादकत्व र उत्पादनमा सुधार गर्ने तथा बालबालिकाहरूको सिकाउने वातावरणमा सुधार ल्याउन २ कराेड हाराहारीकाे नयाँ परियाेजना शुरु गर्ने भएकाे छ । गाउँपालिकाले उक्त परियाेजना शुरु गर्न दातासँग सम्झाैता समेत गरिसकेकाे छ ।

    गाउँपालिकाले १ कराेड ८० लाखकाे परियाेजना सञ्चालन गर्न  अन्तर्राष्ट्रिय विकास/राहतका लागि फाउन्डेसन (FIDR) सँग सम्झाैता गरेकाे गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

    परियाेजनाले कृषि उत्पादकत्व र उत्पादनमा सुधार गर्ने तथा बालबालिकाहरूलाई सिकाउने वातावरणमा सुधार ल्याउने विभिन्न कार्यक्रम हुने अध्यक्ष शर्माकाे भनाइ छ । गाउँपालिकाकाे कार्यक्रम आवश्यकता र ‌औचित्यपूर्ण रहेकाले सफल कार्यन्वयन हुनुपर्ने सराेकारवालाहरुकाे भनाइ छ  ।

    प्रतिक्रिया दिनुहोस