२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ताला खाेलेर एमाले कार्यालय शुचारु, नेताहरुले भने- ‘विगत विर्सा‌ैं, मिलेर गुट हैन पार्टी बना‍औं’

  • २०७७ फागुन २५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पुष्पलाल स्मृति भवनमा नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको कार्यालय शुचारु गरिएको छ । साविक नेकपा खारेज भएपछि एमालेले यसअघि दुई समुहले लगाएको ताला खोलेर कार्यालय शुरु गरिएको हो ।

    यसअघि यो कार्यालय नेकपा एमालेको थियो । एमाले र माओवादी केन्द्रको एकिकरणपछि नेकपाको कार्यालय एमाले जिल्ला कार्यालय रहेको पुष्पलाल स्मृति भवनमा राखिएको थियो ।

    नेकपामा दुई समुहको व्यापक ध्रुविकरण र संसद विघटनपछि एमाले जिल्ला कार्यालयमा बन्द रहेको समयमा ओलि समुहले ताला लगाएको थियो । एमालेको दुवै पक्षले लगाएको ताला खोलेर कार्यालय नियमित सञ्चालन गरिने एमालेका जिल्ला कमिटि सचिव शंकरबहादुर कट्वालले जानकारी दिए ।

    पार्टी कार्यालयको गेटको ताल्चा एमालेका नेता तथा प्रदेश १ का पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङले खोलेका थिए । पार्टी कार्यालय खोलेर एमालेका नेताहरुले चियापान आयोजना गरेका थिए ।

    चियापान संगै एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र राज्यमन्त्री गुरुङले नेकपाको गठनदेखि विघटनसम्मको विषय व्याख्या गर्दै आगामी दिनमा सबै पक्ष मिलेर एमालेलाई थप मजबुद बनाउने काममा जुट्नु पर्ने बताएका थिए । गुट निर्माण हैन पार्टी निर्माण र विकासमा सबै जुट्न राज्यमन्त्री गुरुङको आग्रह थियो ।

    प्रतिक्रिया दिनुहोस