२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा युथ फाउन्डेसनको समाज सेवाः विपन्नलाई न्यानो कपडा उपहार

  • २०७७ फागुन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा युथ फाउन्डेसनले सिद्धिचरण नगरपालिका वडा नं. १२ का विपन्नलाई न्यायो कपडा सहयोग गरेको छ । फाउन्डेसनले स्वदेशी लघुवित्तसँगको सहकार्यमा न्यायो कपडा वितरण गरेको हो ।

    सिद्धिचरण पार्कमा एक कार्यक्रम गरि फाउन्डेशनले ८ जनालाई ओढ्ने न्यानो कपडा वितरण गरेको थियो । वितरणको शुरुवात् सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरेका थिए ।

    फाउन्डेशनमा आबद्ध युवाहरुले स्वेचिछक रुपमा मासिक ५ सय ५ रुपैंया जम्मा गरेर निर्माण गरेको कोष र स्वदेशी लघुवित्तसँगको सहकार्यमा न्यानो कपडा खरिद गरेर वितरण गरेको हो । युवाहरुलाई फाउन्डेशनमा समेटेर सामाजिक काममा योगदान गर्ने उद्देश्य रहेको कोषाध्यक्ष विनोद खत्रीले जानकारी दिए ।

    हाल फाउन्डेशनमा ११ सदस्यीय कार्यसमिति र ३५ बढी साधारण सदस्य रहेका छन् । जिल्लाभरका युवाहरु समेटेर सामाजिक काममा अगुवाइ गर्ने फाउन्डेशनको उद्देश्य रहेको अध्यक्ष ओम शाक्यले बताए । सराेकारवालाहरुले युथ फाउन्डेशनकाे सामाजिक कामकाे प्रशंशा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस