२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदिप सुनुवारको प्रश्नः कम्युनिष्ट नेतालाई हेलिकप्टर चढ्ने पैसा कहाँबाट आयो ?

  • २०७७ फागुन ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवारले सर्वहाराको नेतृत्व गर्ने भन्दै सत्तामा पुगेका कम्युनिष्ट नेताहरुलाई हेलिकोप्टर चढ्ने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन् । उनले हेलिकप्टर चढेर, सयौका संख्यामा गाडी रिर्जभ गरेर सर्वसाधरण बटुल्दै सभा गर्ने पैसाको स्रोत खोज्नु पर्ने बताए ।

    नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति ओखलढुंगाले नेपाली कांग्रेस नेता स्व. बलबहादुर राईको १०० औं जन्मजयन्तिको अवसरमा आयोजना गरेको कार्यक्रममा सभापति सुनुवारले भने, ‘फुटको नाटक गर्दै मुलुक र जनता कोरोनाका कारण जोखिम अवस्थामा हुँदा पनि लाखौं खर्चेर हेलिकाेप्टर लिएर आमसभा गर्दै हिड्ने सत्ताधारी कम्युनिष्टको नागरिकहरुले एक एक हिसाब खोज्नु पर्छ ।’

    नेवि संघले ‘वर्तमान राजनीतिक अवस्था र युवा विद्यार्थीको भुमिका’ बिषयक विचार गोष्ठी आयोजना गरेको थियो । उक्त कार्यक्रममा सभापति सुनुवार सरकारमा रहेको नेकपामा र त्यसका नेताहरुको रवैयाप्रति कडा रुपमा प्रस्तुत भएका थिए । नेकपा  ओलि समुहका नेताहरुले जिल्ला दाैडाहामा दैनिकजसाे हेलिकाेप्टर प्रयाेग गर्दै आएका छन् ।

    कार्यक्रममा सभापति सुनुवारले भने, ‘फुटको नाटक गर्दै मुलुक र जनता कोरोनाका कारण जोखिम अवस्थामा हुँदा पनि लाखौं खर्चेर हेलिकाेप्टर लिएर आमसभा गर्दै हिड्ने सत्ताधारी कम्युनिष्टको नागरिकहरुले एक एक हिसाब खोज्नु पर्छ ।’

    कम्युनिष्टले सडकमा तमासा देखाइ रहेका बेला कांग्रेसका नेताहरु जनताको सामु आफ्नो स्पष्ट धारणा लिएर जानुको सट्टा कोही ओलि पक्ष र कोही अर्को पक्षको समर्थनमा बोल्ने गरेको भन्दै आक्रोस पोखे । ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर १ मोलिमा आजभन्दा १ सय बर्ष अघि जन्मेका स्वर्गीय नेता बलबहादुर राई पार्टीको जिल्ला सभापति हुँदै पटक पटक मन्त्री र नेपाली कांगे्रसका केन्द्रिय सदस्य भएका थिए ।

     

    यसैगरि आवास तथा भौतिक मन्त्री, श्रम मन्त्री र विभिन्न समयमा १९ पटक मुलुकको कार्यवाहक प्रधानमन्त्री समेत भएको नेता राईको स्मृतिमा नेवि संघले विचार गोष्ठी आयोजना गरेको थियो ।

    जिल्ला पार्टी कार्यालय बिपि स्मृति भवनमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति रोशन महतराको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति प्रदिप कुमार सुनुवारसँगै उप सभापति तेजेन्द्र खनाल, पूर्व सभापति महेश कोर्मोचा, महासमिति सदस्य डिल्लीराम खनाल लगायतले नेता राईको लोकतान्त्रिक आन्दोलन र जिल्लाको विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए । -लिला सुनुवारबाट

    प्रतिक्रिया दिनुहोस