२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

दुर्गम गाउँकाे स्कूलमै क्यान्टिन, विद्यार्थी र शिक्षकलाई निशुल्क खाना !

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- खिजेदेम्वा गाउँपालिका ९ दाेराखर्कस्थित जनता आधारभूत विद्यालयमा क्यान्टिन निर्माण गरिएकाे छ । एसेन्ट एड नेपाल नामक संस्थाले विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि क्यान्टिन निर्माण गरेकाे हाे ।

    आइतबारबाट क्यान्टिन शुचारु भएकाे छ । त्यहाँ शिक्षक ८ र विद्यार्थी ९७ जनालाई निशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था गरिएकाे छ । एसेन्ट एड नेपालका अध्यक्ष पेम्बा शेर्पा र सचिव पासाङ शेर्पाले सहयोग जुटाएका हुन् ।

    क्यान्टिनमा जङ्ग फुट (पत्रु) खानालाई पुर्ण रुपमा प्रतिबन्ध गरि स्थानीय स्तरमै उब्जाएको स्थानीय खाद्य वस्तुलाई प्राथमिकता दिइने भएको छ। स्थानीय स्रोत र साधनलाई प्रयोगमा ल्याउनुको मुख्य कारण यहाँको शिक्षक विद्यार्थीको स्वास्थ्यलाई र यहाँका स्थानीय जनताको पनि आयस्रोतमा वृद्धि ल्याउने उदेश्य रहेकाे विद्यालय व्यवस्थापन समितिका  सदस्य   सार्की शेर्पाले जानकारी दिए ।

    क्यान्टिन उद्घाटनमा एसेन्ट एड नेपालका अध्यक्ष तथा पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौका अध्यक्ष पेम्बा शेर्पा एसेन्ट एड नेपालका सचिव पासाङ शेर्पा, पात्ले ओखलढुंगा शेर्पा समाज सेवा काठमाडौका उपाध्यक्ष वाङ्डा शेर्पा, महासचिव सर्की शेर्पा  र खिजिदेम्बा -९ का वडा अध्यक्ष आङपसि शेर्पा लगायतको उपस्थित थियाे ।

    विद्यालयमा निशुल्क खाना तथा खाजाकाे व्यवस्था भएपछि अभिभावक समेत खुसी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस