२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाकाे शैक्षिक अभियान

श्रीपञ्चमीमा निशुल्क भर्नादेखि अक्षयकाेष स्थापना र छात्रावृत्ति वितरणसम्म

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा श्रीपञ्चमीकाे अवसरमा स्नातक तह पहिलाे वर्षमा निशुल्क भर्नादेखि अक्षयकाेष स्थापना र उत्कृष्ट विद्यार्थीलाई  छात्रवृत्ति वितरण तथा सम्मान तथा विदाइ कार्यक्रम गरिएकाे छ ।

    सरस्वती पूजाकाे दिन फागुन ४ गते स्नातक तह पहिलाे वर्षमा भर्ना हुन चाहने विद्यार्थीलाई भर्ना शुल्क निशुल्क गर्ने क्याम्पसले निर्णय गरे अनुसार २१ जना विध्यार्थी भर्ना भएकाे क्याम्पस प्रमुख सुमन राजभण्डारीले जानकारी दिए ।

    ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा स्नातक तहमा शिक्षाशास्त्र संकायमा अंग्रेजी, नेपाल, गणित ,अर्थशास्त्र, जनसंख्या र स्वास्थ्य मुख्य विषयमा पठन पाठन हुँदै आएकाे छ । त्यस्तै मानविकि तथा समाजशास्त्र संकायमा अर्थशास्त्र, नेपाली र समाजशास्त्र मुख्य विषय र व्यवस्थापन संकायमा पठन पाठन हुन्छ ।

    २०४२ सालमा स्थापना भएकाे यस क्याम्पसमा स्नातकाेत्तर तहमा शिक्षा शास्त्र संकायमा पाठ्यक्रम र स्वास्थ्य शिक्षा विषय पढाइ हुने गरेकाे छ । हाल त्रिभूवन विश्वविध्यालयबाट सम्ब्न्धन प्राप्त क्याम्पसकाे स्नातक तहमा मात्रै ७२५ जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले वार्षिक छात्रवृति समेत प्रदान गर्दै आएकाे छ ।

    अक्षयकाेष स्थापना र छात्रावृत्ति वितरण

    क्याम्पसमा हाेमबहादुर प्रेमकुमारी ट्रष्टले उत्कृष्ट एकजना विद्यार्थीलाई ११ हजार १ सय ११ रुपै‌या छात्रवृत्ति प्रदान गरेकाे छ । व्यवस्थापन संकायकाे विविएस दाेस्राे वर्षकी छात्रा मनिका बस्नेतलाई ट्रष्टका प्रतिनधी केन्द्र श्रेष्ठले साे रकम हस्तान्तरण गरे ।

    त्यस्तै क्याम्पसमा वार्षिक रुपमा ब्याजकाे रकमबाट छात्रवृत्ति प्रदान गर्ने गरि हाेमबहादुर प्रेमकुमारी अक्षय काेष समेत स्थापना गरेकाे छ । १ लाख २० हजारकाे उक्त काेषकाे रकम समेत ट्रष्टका प्रतिनधी केन्द्र श्रेष्ठले क्यामस्पस प्रमुख सुमन राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।

    उक्त ट्रष्टले जिल्लाका विभिन्न विद्यालयमा ४ वटा इलाइब्ररी स्थापना गरेकाे छ । सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ रामबजार घर भइ  शिवजी र उर्मिला श्रेष्ठ, भक्तलाल र भेषकुमारी श्रेष्ठ दम्पती तथा शिवजीका भाइ केन्द्र श्रेष्ठसमेतकाे सहभागीमा  आफ्ना बुबाआमाको स्मरणमा उक्त ट्रष्ट स्थापना गरेर शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा याेगदान गर्दै आएकाे छ ।

    ट्रष्टकाे तर्फबाट अक्षयकाेष स्थापना र छात्रवृत्ति रकम उपलब्ध गराएकाेमा ओखलढुङ्गा क्याम्पसका तर्फबाट ट्रष्ट र प्रतिनिधी केन्द्र श्रेष्ठलाई क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धिचरणका मेयर माेहनकुमार श्रेष्ठले सम्मान पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस