२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

मानेभञ्ज्याङमा नेकपाकाे कमिटी पुनर्गठन, काे काे भए पदाधिकारी ?

  • २०७७ माघ २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– नेकपा (बहुमत) ले मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ वाक्सामा साविक वडा कमिटी पुनर्गठन गरेकाे छ । नेकपाका नेताकाहरुका अनुसार

    नेपाल कम्युनिस्ट पार्टीकाे गाउँ कमिटी अध्यक्षमा शम्भुबहादुर कार्की  चयन भएका छन्को । वडामा २५ सदस्यीय कमिटी पुनर्गठन भएको बहुमत पक्षका अनेरास्ववियूका जिल्ला अध्यक्ष लक्ष्मण राउतले जानकारी दिए ।

    अन्य समितिमा उपाध्यक्ष राम कुमार परियार र सचिव शिव कुमार राई चयन भएका छन् । त्यस्तै वडा कमिटी इन्चार्ज सबित राई र सह इन्चार्ज विमल कार्की (तिलकबहादुर) रहेका छन् । नेकपा (बहुमत) ले वडा केन्द्रित प्रशिक्षण र कमिटि विस्तारलाई जाेड दिएकाे छ ।

    यस अघि चिशंखुगढी गाउँपालिकाका ८ वटै वडामा भेला तथा प्रिशक्षण सम्पन्न गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस