२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओलि गुटले घाेषणा गर्याे तीन तहमा पालिका कमिटी, काे काे भए अध्यक्ष ?

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- संसद विघटनपछि फरक पार्टीकाे अभ्यास गर्दै आएकाे नेकपाकाे ओलि गुटले जिल्ला कमिटी घाेषणा गरेकाे केही समयपछि तीन स्थानीय तहमा कमिटी घाेषणा गरेकाे छ । माेलुङ गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिका कमिटी घाेषणा गरेकाे हाे ।

    तीन तहमा हाल अध्यक्ष सचिव घाेषणा गरेकाे छ । मानेभञ्याङमा वडा नं २ का वडा अध्यक्ष उमेश कार्की र सचिवमा नवराज अधिकारी ताेकिएकाे छ । त्यस्तै माेलुङ गाउँपालिकामा पनि सचिव र अध्यक्ष ताेकिएकाे छ । अन्य सदस्य भने सार्वजनिक गरिएकाे छैन । अध्यक्षमा सञ्जय खत्री र सचिव मा भाेला पाेखरेल छन् ।

    यस्तै केही समय पहिले हितराज कार्की अध्यक्ष रहेकाे सुनकाेसी पालिका कमिटी घाेषणा भएकाे थियाे ।

    पूर्व एमालेका ओलि समुहमा लागेका कार्यकर्ता समेटेर पार्टी कमिटी घाेषणा केन्द्रदेखि जिल्ला तहसम्म गरे पनि निर्वाचन आयाेगले पुस ५ गतेदेखि यताका सबै निर्णय अवैधानिक भनेर खारेज गरिसकेकाे छ ।

    १५०१ केन्द्रीय सदस्यकाे पद खुस्कि सकेकाे छ । जिल्ला र प्रदेशमा भने समानान्तर कमिटी निर्माणकाे काममा ओलि समुह जुटिरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस