२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

आवाशको अधिकार सुनिश्चित गर्न चिशंखुगढीमा जनता आवाश कार्यक्रम

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जनताको आवाशको अधिकार सुनिश्चित गर्न चिशुंगढी गाउँपालिकाले जनता आवाश कार्यक्रम कार्यन्वयन शुरु गरेको छ । प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले जोखिमपूणर् बसोबास गर्दै आएका विपन्न नागरिकको आवशको अधिकार सुनिश्ििचत गर्न कार्यक्रम कार्यन्वयन शुरु गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।

    प्रदेश सरकारको समपुरक अनुदानबाट उक्त कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । जनता आवाशका लागि प्रदेश सरकारले समपुरक अनुदानतर्फ ६५ लाख बजेट अख्तियारी पठाएको छ । उक्त बजेटको सीमामा रहेर लाभग्राही छनौट गरि आवाश निर्माणका लागि अनुदान दिने तयारी छ ।

    सुरक्षित आवाशको अनुदानका लागि प्रकृया तोकेर गाउँपालिकाले आवेदन पेश गर्न सुचना प्रकाशित गरिसकेको छ । सुचना अनुसार वडामा आएका निवदेन १५ दिनभित्र गाउँपालिकामा पेश गर्नुपर्नेछ । चिशंखुगढी गाउँपालिकाको जनता आवाश कार्यक्रम कार्यन्वयन कार्यविधी २०७७ अनुसार अति विपन्न तथा जोखिमपूणर् अवस्थामा बसोबास गर्दै आएका विपन्न परिवारको घर निर्माण गर्न अनुदान दिइने अध्यक्ष शर्माले जानकारी दिए ।

    नागरिकको सुरक्षित आवाशको अधिकारलाई मौलिक हक तथा मानवअधिकारको रुपमा नेपालको संविधानले स्थापित गरेको छ । सोही प्रावधान अनुसार नागरिकको आवाशको अधिकार सुनिश्चित गर्न गाउँपालिका लागि परेको हो । वडा कार्यालयबाट छनौट तथा सिफारिस भइ आएका लाभग्राहीलाई प्रति आवाश इकाइ निर्माणका लागि ३ लाख अनुदान दिने व्यवस्था कार्यविधीमा छ ।

    लाभग्राहीमा छनौट हुन आर्थिक अवस्था कमजोर भएको स्वघोषणा पत्र र आवाश निर्माण गर्न नसक्ने आर्थिक अवस्था रहेको सर्जमिन तथा वडा कार्यालयको सिफारिस लिएका व्यक्तिले वडा कार्यालयमा निवेदन दिनु पर्ने व्यवस्था छ । त्यसरी आएका निवदेनका आधारमा वडाले लाभग्राहीलाई अनुदानको सिफारिस गर्नुपर्छ ।

    वडा कार्यालयले पठाएका सिफारिस गाउँपालिकको जनता आवाश समन्वय समितिमा पेश भइ छानविन भएपछि अनुदान पाउने लाभग्राही छनौट हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान पनि शुरु गरेको छ । जस्ताको छाना फेर्न नसक्ने नागरिकलाई जस्तापाता वापत ५० हजार अनुदान दिएर आवाश सुरक्षित पार्ने नीति ल्याइएको गाउँपालिका अध्यक्ष निशान्त शर्मा बताउँछन् ।

    खरका छाना आगलागीमा उच्च जोखिम हुने भएकाले छानाबाट खर विस्थापन गरेर सुरक्षित आवाशको परिकल्पना गरिएको गाउँपालिकाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस