२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

‌ओखलढुंगामा दुई दिनमा २८३ लाई काेराेना विरुद्धकाे खाेप

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ माघ १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लामा कोभिड १९ विरुद्ध खोप लगाउन सुरु गरिएको छ । रुम्जाटार अस्पताल र सामुदायिक अस्पताल मिसनमा खाेप शुरु गरिएकाे हाे ।

    पहिलाे चरणमा स्वास्थ्यकर्मीलाई लगाउने याेजना अनुसार दुई दिनमा २ सय ८३ जनालाइ दिइएकाे स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    उनका अनुसार पहिलाे चरणमा १ हजार ३ सय ४० जनालाई खाेप लगाउने याेजना छ । खाेप लाउन स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति तथा सुरक्षाकर्मी प्रथामिकतामा राखेकाे छ ।

    स्वास्थ्यकर्मीबाट शुरु गरेपछि सर्वसाधारण निर्धक्क भएर लाउने भएकाे तथा जाेखिममा रहेकाे क्षेत्र समेत भएकाले स्वास्थ्यकर्मी प्रथामिकतामा परेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस