२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नेकपा (ओलि गुट) काे विहीबार रामपुरमा शक्ति प्रदर्शन, काे-काे आउँदैछन् मन्त्री ?

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • रामपुर-नेकपा (ओलि गुट) काे विहीबार रामपुरमा शक्ति प्रदर्शन तय भएकाे छ । आम सभा गरेर जनमत आफ्नाे पक्षमा देखाउन (सरकारी नेकपा) ओलि गुट सबै शक्ति प्रयाेग गरेर जुटेकाे छ ।

    आम सभाकाे तयारी पुरा भएकाे र हजाराैंकाे सहभागिता रहने नेकपा (ओलि गुट) तीर्थ सुवेदिले जानकारी दिए । रामपुरकाे सभामा जिल्लाभरका कार्यकर्तालाई उपस्थित गराउने तयारी छ ।

    नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारकाे पालिका भएकाले पनि ओलि गुटले माेलुङमा ध्यान केन्द्रित गरेकाे नेताहरु बताउँछन् । सुनुवारसहित माेलुङका अधिकाशं नेताहरु माधव नेपाल पक्षमा छन् ।

    आम सभामा मन्त्री ल्याएर कार्यकर्ता र मतदाता तान्ने तयारी छ । यसका लागि यातायात मन्त्री वशन्त नेम्वाङ् आउँदैछन् । त्यस्तै केन्द्रिय सदस्य किशाेर अधिकारी, प्रदेश १ का भाैतिक पूर्वाधार मन्त्री अम्बीरबाबु गुरुङ लगायतले सम्बाेधन गर्ने बताइएकाे छ । बिहीबार रामपुरे हटिया लाग्ने भएका कलाकार समेत ल्याएर उपस्थिति बढाउने गरि व्यवस्थापन भएकाे व्यवस्थापनमा खटिएका एक नेताले बताए ।

    अर्काे पक्ष माधव-प्रचण्ड समुहले भने  सरकारी गाडी र अन्य स्राेत दुरुपयाेग गर्दै  पार्टी विभाजन गर्ने र जनमतकाे अपमान गरेकाे आराेप लगाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस