२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेकपा (ओलि गुट) काे आराेप: प्रचण्ड समुहमा चरम सत्ता लिप्सा

  • २०७७ पौष २६, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा (ओलि गुट) ले विज्ञप्ति जारी गर्दै प्रचण्ड समुहमा चरम सत्ता लिप्सा रहेकाे आराेप लगाएकाे छ ।  केपी ओलि नेतृत्वकाे सरकारले जनता, राष्ट्र, राष्ट्रियता र सार्वभाैमिकताकाे पक्षमा गरेका कामबाट हतास भएर स्वर्थी नेता र गुटका नाइकेहरुले सरकारमाथि घेराबन्दी गरेकाे आराेप लगाएकाे हाे

    प्रचण्डकाे आराेप पत्र नै पार्टी एकताकाे भावना विपिरत भएकाे विज्ञप्तिमा उल्लेख छ । पुष १९ गते जिल्ला भेलाबाट केदारबाबु वस्नेत अध्यक्ष र तीर्थ सुवेदी सचिव रहेकाे २५१ सदस्यीय जिल्ला कमिटी निमार्ण गरिएकाे अध्यक्ष वस्नेत र केन्द्रिय सदस्य माेहनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । पालिका स्तरीय कार्यक्रम तय गरिएकाे साे समुहकाे विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस