२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपाकाे नगर कमिटी स‌ंसद विघटनकाे विपक्षमा, ६ तहले जनाए विराेध

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- वैभानिक विभाजनकाे मुखैमा पुगेकाे नेकपा विभाजनकाे मुख्य कदम संसद विघटन भएकाे ठहरसहित गैर संवैधानिक कमदका विरुद्ध नेकपाकाे सिद्धिचरण नगर कमिटी उभिएकाे छ । कमिटीका पदाधिकारीहरुले स‌ंयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलिकाे कमद विरुद्ध संगिठत हुने जनाएकाे छ ।

    सबै कमिटीका सदस्य, नागिरक समाज,  पत्रकारलगायत बाैद्धिक समुदायलाई संविधानमाथि मात्र नभइ देश र जनतामाथि भएकाे धाेकाकाे विरुद्धमा संविधान र पद्धतिका पक्षमा जुट्न अपिल गरेकाे छ । विज्ञप्तिमा ईञ्चार्ज गुणकुमार राई सह ईञ्चार्ज रुपेश शाक्य अध्यक्ष मेख बहादुर खड्का र सचिव कुलबहादुर नेपालीले हस्ताक्षर गरेका छन् ।

    यस अघि नेकपाकाे चिशंखुगढी, माेलुङ, चम्पादेवी, मानेभञ्ज्याङ र सुनकाेसीले विज्ञप्ती जारी गर्दै ओलिकाे कमदकाे विपक्षमा मत जाहेर गरेका थिए । जिल्लाका ८ मध्ये ६ तह संसद विघटनकाे विपक्षमा उभिएका छन् ।

    यसैबीच नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिद्दिचरण नगरपालिका वडा नं.२ ठूलाछाप ओखलढुंगाकाे वडा कमिटी पुनर्गठन तथा संघर्ष समिति घाेषणा कार्यक्रम सम्पन्न भएकाे जिल्ला कमिटी सदस्य बशन्त कट्वालले बताए । उनले नगरपालिका भरि समिति गठन तथा संगठन विस्तारकाे काम हुने जनाए । याे अभियानमा नेताहरु हर्कबाेल राई खड्ग याेगी अनिल लगायत जिल्ला नेताहरु जुटेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस