२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

रामहरि किन झरे मधेश?

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा – कांग्रेसका नेता रामहरि खतिवडा काँग्रेसले वडा तहसम्म विराेधका कार्यक्रम गरिरहँदा जिल्लामा छैनन् । उनी किन जिल्ला आएनन् भनेर धेरैले चासाे लिएका छन् ।

    काँग्रेसले संसद विघटनकाे विराेध भने पनि ओलि सरकारकाे विराेध र निर्वाचनका लगि भाेट माग्न थालेकाे छ । खतिवडा आफैंले पनि आफ्ना लागि भाेग माग्न थालिसकेका छन् ।

    ओखलढुंगाकाे विराेध सभामा पनि नेताहरुले संसद विघटन किन गलत यसले के असर पार्छ भनेर बुझाउने भन्दा पनि कम्युनिष्ट सरकार असफल भाे हामीलाई भाेट दिनुहाेस् भनिरहे । याे आन्दाेलन नभएर भाेट माग्ने कार्यक्रम रहेछ भनेर सहभागीले बताएका थिए ।

    यस्तै परिवेशकाे विराेध सभामा उनै खतिवडा भने मधेश र पश्चिमका जिल्ला झरेका छन् । उनले मधेश र पश्रचिमका कार्यकर्ता रिझाएर आगामी महाधिवेशनमा केन्द्रिय सदस्य जित्नु छ । निर्वाचनमा नेकपाका युवा नेता यज्ञराज सुनुवारसँग ५ हजार २ सय मले पराजित भएका थिए । अहिले नेकपा विभाजन भएकाले उनी उत्साहित देखिएका छन् ।

    चुनाव भए चुनाव महाधिवेशन भए महाधिवेशकाे नतिजा आफ्नाे पक्षमा पार्ने उनकाे रणनीति छ । यसै अनुसार पूर्वी तथा पश्चिमी तराइका जिल्ला दाैडाहामा छन् । उनले बहुमत कम्युनिष्टलाई नफापेकाे भन्दै कडा टिप्पणी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस