२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

अखिलकाे उपहार: संविधान र सुझाउ

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा-  नेकपा (प्रचण्ड-माधव)  निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री केपी शर्मा ओलिलाई संविधान उपहार पठाएकाे छ । प्रमुख जिल्ला अधिकारी मार्फत ओलिले संविधान विपरित संसद विघटन गरेकाले संविधान उपहार पठाइएकाे (अनेरास्ववियू)का केन्द्रिय सदस्य दिपक फुयलले बताए ।

    ओलिलाई ज्ञापन पत्रमा सुझाव समेत दिइएकाे छ । जनताकाे सार्वभाैम संसद विघटन गलत भएकाे भन्दै क्षमा याचना गर्न र नेकपा एकता जाेगाउन गलत बाटाे छाड्न सुझाव दिइएकाे छ । देशभर  नेकपा (प्रचण्ड-माधव) र ओखलढुंगामा अखिलले प्रधानमन्त्रीलाई ज्ञापनसहित संविधान उपहार पठाएका छन् ।

    विगतमा पनि अखिलले आन्दाेलनकाे माेर्चा नेतृत्व गरेकाे भन्दै फुँयलले फेरि पनि गलत कदमकाे विरुद्धमा माेर्चा तयार भएकाे बताए । ज्ञापन पत्रमा केन्द्रिय सदस्य फुँयलसहित श‌कर तिमल्सिना जिल्ला सह संयाेजक चम्मु फुयलले हस्ताक्षर गरेका छन् । अखिलका जिल्ला संयाेजक अशेष श्रेष्ठ भने ओलि गुटकाे केन्द्रय सदस्य भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस