२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

वाग्ले आफ्ना समर्थकसहित नेकपा (प्रचण्ड-नेपाल) मा प्रवेश !

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं- नेपाली कांग्रेसका नेता तथा वैदेशिक राेजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष हंसराज वाग्ले आफ्ना समर्थक सहित नेकपामा प्रवेश गरेका छन् । नेकपा (प्रचण्ड-नेपाल) ले गरेकाे कार्यक्रममा वाग्ले समर्थकसहित नेकपामा प्रवेश गरेका हुन् ।

    वाग्ने अन्तराष्ट्रिय भलवल खेलाडी समेत हुन् । उनले आफ्ना देशभरका सयाैं समर्थकसहित देशलाई अग्रगमनमा लैजान नेकपा (प्रचण्ड-नेपाल) बाट राजनीति शुरु गरेकाे बताएका छन् ।

    वाग्लेलाई नेकपाका वरिष्ठ नेता झलनाथ खनाल युवा नेता यज्ञराज सुनुवार लगायतले प्रवेश गराएका थिए । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थायी ठेगाना भएका उनी काँग्रेसमा महासमिति सदस्य भइसकेका व्यक्ति हुन् । ठूलाे युवा समुहसहित वाग्ने नेकपा प्रवेश गरेकाे केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बताए ।

    जिल्लाकाे राजनीतिमा वाग्ले सहितका युवाहरुकाे प्रवेशले अर्थ राख्ने उनकाे भनाइ छ । नेकपा विभाजनकाे संघारमा पुगेर फरक फरक गतिविधिमा गुटगत भेला र कमिटी बनाइ रहँदा वाग्ले नेकपा (प्रचण्ड-नेपाल) मा प्रवेश गर्नु निकै अर्थपूर्ण रहेकाे नेकपाका नेता विनाेद सुनुवार बताउँछन् ।

    उनले भने- ‘प्रतिगमन विराेधी र अग्रगमनकाे माेर्चामा वाग्लेकाे समाहितले महत्वपूर्ण सन्देश दिएकाे छ ।’

    प्रतिक्रिया दिनुहोस