२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मन्त्री प्रभु शाह चढेकाे गाडी पैदल यात्री किचेर किन भाग्याे जनकपुरमा ?

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • जनकपुरधाम- शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।

    पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

    उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो’ उनले भने

    प्रतिक्रिया दिनुहोस