२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेकपा (ओली गुट) काे ओखलढुंगामा शक्ति प्रदर्शन भाेलि, जिल्ला कमिटी घाेषणाकाे तयारी

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा (ओली गुट) ले पुस १९ गते आइतबार शक्ति प्रदर्शन गर्ने भएकाे छ । प्रधानमन्त्री ओलि संसद विघटन र निर्वाचन घाेक्षणाकाे पक्षमा  सदरमुकाम ओखलढुंगामा जुलुस तथा माेटरसाइकल र्याली समेत गर्ने तयारी छ ।

    एक नेताका अनुसार १४ गते प्रचण्ड नेपाल समुहले गरेकाे विराेध र्यालीलाई काउन्टर दिने गरि तयारी गरिएकाे छ । जिल्ला समन्वय समितिकाे हलमा भेला तथा नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ । गाउँ गाउँबाट समर्थक ल्याउन सवारी साधन तथा जिल्ला सदरमुकाममा खाना तथा खाजाकाे व्यवस्था गरिएकाे छ ।

    ती नेताका अनुसार जिल्लामा एक हजार मान्छे उतारेर ओलिकाे पक्षमा माहाेल निर्माण गरिने छ । ओली समुहले  प्रचण्ड नेपाल समुहलाई पार्टी नभइ माेर्चा भएकाे र लामाे समय नरहने दावी गरेकाे छ ।

    त्यस्तै नेताहरु ओलि समुहकाे जिल्लाका पदाधिकारी चयनकाे तयारमा पनि लागेका छन् । अहिलेसम्म पदाधिकारी टुंगाे नलागेपनि नेताहरु कसरतमा छन् । जिल्ला अध्यक्षका लगि सिताराम गुरुङकाे मुख्य दावी छ । त्यस्तै पुराना नेता केदारबाबु वस्नेतले दावी गरेका छन् ।

    साविक एमालेका जिल्ला सचिव श‌ंकर कट्वाललाई अम्बीरबाबु गुरुङले अध्यक्ष बनाउन चाहे पनि उनले जिल्ला अध्यक्षभन्दा केन्द्रतिर जाने चाहाना ब्यक्त गरेकाे बुझिएकाे छ । सचिवमा तीर्थ सुवेदी ल्याउने तयारी छ ।

    केन्द्रिय सदस्य किशाेर अधिकारीकाे समर्थन गुरुङलाइ रहेकाे बताइएकाे छ । यसले पदा बाँडफाँटमा निचाेडमा पुग्न सकस परेकाे हाे ।अध्यक्षमा सहमति नजुटेकाे अवस्थामा आइतबारै कमिटी घाेषणा भने नहुने बुझिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस