२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
नेकपाका ईञ्चार्ज र अध्यक्षकाे अपिल

‘एकताको पक्षमा, प्रतिगमनको विरुद्धमा एकजुट हुनुपर्छ’

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाका अध्यक्ष र ईञ्चार्जले प्रतिगमनकारीको विपक्षमा, सुदृढ एकताको पक्षमा एकजुट हुन अपिल गरेका छन् ।

    नेकपाका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवार र जिल्ला अध्यक्ष मोहनकुमार खड्काले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलिको संसद विघटनको कदमको विरोध गर्दै सुदृढ एकताको पक्षमा आग्रह गरेका हुन् । प्रधानमन्त्रीको कमदले एकताबद्ध नेकपा, स्थिरताको भावनामा गम्भीर चोट पुगेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    ‘यो कदमले कम्युनिष्ट पार्टी प्रतिको अटुट आस्था र विश्वासमा प्रश्न उठाएको, शहिदको रगतप्रति गद्दारी भएको हामीले ठहर गरेका छौं’ विज्ञप्तीमा उल्लेख छ । ‘स्थिरता, समृद्धि र सुशासनका निम्ती नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई गरेको माया, विश्वास र साथलाई धर्मराउने गरि गरिएको प्रतिनिधि सभा विघटनको घोर निन्दा र भत्र्सना गर्दछौं’ अध्यक्ष खड्का र ईञ्चार्ज सुनुवारले भनेका छन् ।

    पार्टी एकताको पक्षमा रहेका लाखौं लाख पार्टी सदस्यलाई मर्माहित बनाएको भन्दै प्रधानमन्त्रीको असंवैधानिक, अराजनीतिक र प्रतिगामी कदमको पक्षमा केही झुण्डहरुले भ्रम छर्ने र अनेक प्रलोभन र पद बाँड्दै एकता विरोधी गतिविधी गर्नेको पहिचान गरेर प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।

    मंगलबार संसद विवघटन विरुद्धको आन्दोलनको नेतृत्व गरेका उनीहरुले आज विज्ञप्ती मार्फत पार्टी एकता र प्रतिगामी कदमका विरुद्ध एकजुट हुन अपिल गरेका हुन् । जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले भने, ‘एकता विरोधीहरुले हातहातै पद बाड्दै छरेका भ्रममा नपर्न र पार्टी एकताको पक्षमा डटेर उभिँदै प्रतिगमन विरोधी आन्दोलनमा सरिक भएर देशलाई संवैधानिक मार्गमा ल्याउने अभियानमा एकिकृत हुन अपिल गरेका हौ ।’

    प्रतिक्रिया दिनुहोस