२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मेलमिलाप दिवसमा रक्तदान (भिडियाेसहित)

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मेलमिलाप दिवसका अबसरमा नेपाल विद्यार्थी स‌ंघले सामुदायिक अस्पताल (मिसन) मा रक्तदान गरेकाे छ ।

    स्व‍‌. विपी काेइरालाले  २०३३ साल पुस १६ गते राजासँग मेलमिलाप गर्दै  निर्वाशनबाट नेपाल फर्किएकाे दिनकाे स्मरणमा नेपाली कांग्रेसले

    मेलमिलाप दिवस मनाउँदै आएकाे छ । ४५ औं  मेलमिलाप दिवसकाे अवसरमा नेवि संघले रक्तदान गरेकाे नेविसंघका जिल्ला सभापति राेशन महतराले बताए ।

    रक्तदानमा नेवि संघ तथा कांग्रेस नेताहरु प्रदिप सुनुवार, रामहरि खतिवडा लगायत नेतहरु सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस