२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
प्रचण्ड-नेपाल समुहकाे शक्ति प्रदर्शन र गर्जन

ओलिलाई सच्चिन, भारतलाई कालापानी छाड्न चेतावनी

  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेपाल-दाहाल समुहको विरोध र्यालीमा सहभागीहरुले भारतीय सेना नेपाली भूमीबाट हट्न र ओलीलाई सच्चिन चेतावनी दिएका छन् । र्यालीमा भारतीय सेना कालापानी छोड्, प्रतिगमन खोरज गर लगायतका नारा लागेका थिए । नेकपाले सदरमुकाम ओखलढुंगामा बृहत प्रर्दशन गरेको छ ।

    विरोध सभामा गाउँ गाउँबाट कार्यकर्ता उतारेर सो समुहले शक्ति प्रदर्शन गरेको छ । विरोध सभामा बोल्ने नेताहरुले प्रतिनिधी सभा विघटन गैर संवैधानिक कदम भएको भन्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलिलाई तानाशाह भएको आरोप लगाए । सदरमुकाम ओखलढुंगा बजारमा भएको विरोध र्यालीलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पेशल खतिवडाले ओलिलाई अराजकता र तानाशाही प्रवृत्ति छाडेर एकतामा फर्किन अपिल गरे ।

    नेकपाको विरोध र्यालीमा कार्यकर्ताले ओलिलाई गतल बाटोमा नहिड्न र भारतलाई कालापानीबाट सेना हटाउन चेतावनी दिएका छन् । भारतले कालापनीबाट सेना हटाउनु पर्ने ओलि गतल बाटोबाट पश्चाताप गरेर पार्टी एकतामा नआए जनताको बलबाट हटाउने चेतावनी दिए । कार्यकर्ताले भारतीय सेना र ओलि बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    पार्टी विभाजन गर्न अध्यादेश ल्याउन खोज्ने, पार्टी निणर्य नमान्ने र संसद विघटन गर्ने काम संविधान विपरित भएकाले त्यस्ता गैर कानुनी कदमलाई साथ दिन नसकिने बताए । उनले भने, ‘ओलिलाई आग्रह छ, सच्चिएर आउनुहोस्, पार्टीलाई एकताबद्ध बनाऔं ।’
    नेकपाको नेपाल प्रचण्ड-समुह नै आधिकारिक भएको भन्दै ३ सय १५ जना केन्द्रिय सदस्यले पार्टीको नाम र झण्डा दावी गरेको बताए । ‘आधिकारिक को हुन्छ, सूर्य चिन्ह कसले लिन्छ भनेर अलमल नगर्नुस्, आधिकारिक हामी हौं’ खतिवडाले भने ।

    सदरमुकामका बिच बिचमा भएका कोण सभामा नेताहरुले सम्बोधन गरेका थिए । नेकपाका केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले ओलि प्रतिगमनबाट अग्रगमनतर्फ नफर्किए सकिने दावी गरे । ‘ओलि नसच्चिए ज्ञानेन्द्रले त नार्गाजुन पाए, उनी बस्ने ठाउँ पाउने छैनन् ।’

    प्रदेश सभाका सदस्य बाबुराम गौतमले प्रतिनिधी सभा विघटन सदर भए जनताको आन्दोलनबाट ब्यूँताउने चेतावनी दिए । विरोध सभामा नेकपाका जिल्ला अध्यक्ष मोहनकुमार खड्का, स‌ंविधान सभाका सदस्य हर्कबाेल राई, कार्यालय सदस्य नेत्रप्रसाद भट्टराई लगायत नेताहरुले सम्बोधन गरेका थिए । नेकपाका  प्रदेश सदस्य खड्ग याेगि अनिल,  निशान्त शर्मा,  सचिवालय सदस्य रामकुमार कार्की, नरेन्द्र श्रेष्ठ, मणिराज राई,  राष्ट्रिय युवा संघका अध्यक्ष राजन खत्री, पालिका कमिटीका पदािधकारीहरु तथा  सयाैं अगुवा कार्यकर्ता विराेध र्यालीमा सहभागी थिए ।

    नेकपाका अबहुसंख्यक जिल्ला सदस्य माधव-प्रचण्ड समुहमा लागेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये ४ तहका पालिका कमिटी र ती क्षेत्रका जिल्ला तथा प्रदेश सदस्यले विज्ञप्ती जारी गर्दै माधव-प्रचण्ड समुहमा ऐक्यबद्धता जनाएका छन् । १ सय ३५ जिल्ला सदस्यमध्ये १ सय १० आफ्नो पक्षमा रहेको नेपाल-प्रचण्ड समुहका नेता रुपेश शाक्यले दावी गरे ।

    जिल्ला कमिटी सदस्य समेत आफ्नो पक्षमा न्यून हुने आँकलन गरेर ओलि पक्षले पार्टी कार्यालयमा ताला लगाएको छ, भने व्यक्तिका घर र होटलहरुमा बैठक तथा गुटको भेला गर्दै आएको छ । नेपाल-प्रचण्ड समुह भने कार्यकर्तासँग छलफलमा गाउँ तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुसँग छलफलमा जुटेको छ ।

    प्रतिक्रिया दिनुहोस