२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
नेकपा विभाजन र ओखलढुंगाकाे अ‌ंक गणित

प्रचण्ड-नेपाल समुहकाे शक्ति प्रदर्शन आज, ओलि गुटकाे १९ पुसमा

  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  प्रतिनिधी सभा विघटनकाे असर नेकपा विभाजन घाेषणामा बाँकी रहँदा ओखलढुंगामा शक्ति प्रदर्शनकाे तयारी थालिएकाे छ । स‌ंस्थापन पक्ष दावी गर्दै आएकाे नेपाल-प्रचण्ड  समुहले आज मंगलबार शक्ति प्रदर्शन गर्दैछ ।

    विहान ११:३० संसद विघटन संवैधानिक निकायमा नियुक्तिकाे अध्यादेश लगायतका विरुद्ध आयाेजना गरिएकाे नेकपाका जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले बताए । याे गैर संवैधानिक कदमले नेकपालाई कलंकित बनाउने कदम भएकाले आन्दाेलन गर्नु परेकाे उनकाे भनाइ छ ।

    नेपाल-प्रचण्ड  समुहमा जिल्ला तथा प्रदेश कमिटी र स्थानीय कमिटीका ९० प्रतिशत बढी नेता कार्यकर्ता सहभागी हुने दावी छ ।

    यस्तै ओलि गुटले पनि जिल्ला भेला आयाेजना गरेकाे छ । १९ गते सबै नेता कार्यकर्तालाई सदरमुकाम बाेलाएकाे भेलाकाे तयारीमा जुटेका एक नेता सीताराम गुरुङले जनाए । पार्टी एकता लागि भेला आयाेजना गरिएकाे उनकाे दावी छ ।

    प्रतिक्रिया दिनुहोस