२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

५ वामपन्थी दल संसदीय व्यवस्थाकाे विरुद्धमा

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- संसदीय व्यवस्था अस्वीकार गर्दै आएका ५ वामपन्थी दलले उक्त व्यवस्था खारेजीकाे माग गर्दै संयुक्त वक्तव्य निकालेका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछिको देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै ५ दलले संसदीय व्यवस्थाका विरुद्ध एकजुट हुन अपिल गर्दै संयुक्त अपिल गरेका हुन् ।

    ५ दलका तर्फबाट क्रान्तिकारी मा‌ओवादीका सेक्रेटरी पर्वतले जारी गरेको वक्तव्यमा नेपालमा संसदीय व्यवस्थाका कारण अस्थिरता, कालोबजारी र अन्याय अत्याचारका घटनाहरु बढेको भन्दै त्यसको विकल्पका रुपमा संघिय जनगणतन्त्रलाई अघि सारिएको  उल्लेख छ ।

    वक्तव्यमा एमसिसि खारेज गर्न, अतिक्रमित नेपाली भूमि फिर्ता लिन र कालोबजारी र भ्रष्टचार अन्त्य गर्दै संसदीय व्यवस्थाको विरुद्धमा जुट्न अपिल गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस