२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
नेकपा विभाजन

‌ओखलढुंगाका कुन स्थानीय तहका कमिटी र काे नेता कुन गुटमा ?

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा- नेकपा विभाजनकाे असर पालिका कमिटि सम्म पुगेकाे छ । हालसम्म नेकपाका चार स्थानीय तहका कमिटी र ती तहका जिल्ला तथा प्रदेश स्तरका नेताहरुले विज्ञप्ति जारी गर्दै संसद विघटन र नेकपा विभाजनकाे विपक्षमा देखिएका छन् ।

    उनीहरुले स‌ंसद विघटन गरेर देशलाई अस्थिरता तर्फ धकेल्ने, नेकपाकाे एकताकाे मर्म र भावना विपरित काम भएकाे भन्दै स‌ंस्थापन र नेपाली कम्युनिष्ट पार्टीकाे मूल प्रवाह माधव-प्रचण्ड समुह भएकाेले एकता बद्ध भएर एकिकृत नेकपाकाे पक्षमा जुट्न सबै नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

    हालसम्म ८ तहमध्ये ४ तहले खुलेर संसद विघटन र ओलिकाे कदमकाे विपक्षमा उभिएका हुन् । त्यसरी विज्ञप्ती जारी गर्नेमा स‌ंविधान सभाका सदस्य हर्कबाेल राई चिश‌ंखुगढी गाउँपालिकाका अध्यक्ष तथा प्रदेश सदस्य निशान्त शर्मा, माेलुङ गाउँपालिका अध्यक्ष मणिराज राइ छन् भने चिश‌ंखुगढी पालिका कमिटी, माेलुङ्, चम्पादेवी र सुनकाेसी गाउँपालिका कमिटी र ती तहका केही नेता बाहेक सबै जिल्ला सदस्यले माधव-प्रचण्ड समुहकाे पक्षमा एेक्यवद्धता जनाएका छन् ।

    अन्य ४ स्थानीय तहका कमिटी भने नेकपा िवभाजनमा माैन देखिएका छन् । कतिपयले पार्टीकाे नाम र चुनाव चिन्ह घाम (सूर्य) कता पर्छ त्यतै लाग्ने बताएका छन् । कतिपय केपी ओलि मन पराउने नेता कार्यकर्ताहरु पनि  जिल्लामा ओलि पक्षमा लागेका र जिम्मेवारी दिएका नेताहरुकाे व्यवहार र कार्यशैलीका कारण नखुल्ने बरु मतदाता मात्रै हुने प्रतिकृया दिएका छन् ।

    ओलि गुटमा महाधिवशेन आयाेजक समिति भनेर बनाइएकाे ११९९ सदस्यीय समितिमा बालकृष्ण ढुंगेल, नानीबाबु बुढाथाेकी, शकुन्तला राजभण्डारी, माेहन श्रेष्ठ, अम्बीरबाबु गुरुङ थपिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस