२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

स‌ंसद विघटन विरुद्ध कांग्रेसकाे भव्य प्रदर्शन

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– प्रधानमन्त्री केपी ओलिले गरेकाे संसद विघटन तथा निर्वाचन घाेषणा विरुद्ध नेपाली कांग्रेसले भव्य प्रदर्शन गरेकाे छ । आन्तरिक विवादमा रुमल्लिएका कांग्रेस आन्दाेलनमा भने एक देखिएका छन् ।

    किचनलाेमा फसेका नेताहरु आन्दाेलनमा एक भएपछि कार्यकर्ताहरु उत्साहित थिए । नारा जुलुससहित जिल्ला पार्टी कार्यालयबाट निस्केकाे जुलुसकाे नेतृत्व जिल्ला सभापति प्रदिप सुनुवार, रामहरि खतिवडा, बालकृष्ण दाहाल, खिलानाथ दाहाल लगायतले गरेका थिए । सदरमुकाम परिक्रमा गरेर रमाइलाेडाँडामा काेण सभा गरेका थिए ।

    सभामा नेताहरुले स‌ंसद विघटन संविधान र लाेकतन्त्र माथिकाे प्रहार भएकाे बताएका थिए । नेता रामहरि खतिवाडाले ओलिले चुनाव गराउने नियतले स‌ंसद विघटन नगरेकाे बताए । उनले याे असंवैधानिक कदमले देश दुर्घटना तर्फ जाने तर्क गरे ।

     

    प्रतिक्रिया दिनुहोस