२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

देउसीमा जुटेकाे पैसा क्यान्सर पीडितलाई !

  • २०७७ पौष ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  चिश‌खुगढी चस्कू युवा क्लबले देउसी खेलेर जुटाएकाे रकम क्यान्सर पीडितकाे उपचारका लागि प्रदान गरेकाे छ ।

    काेराेना कहरबीच स्वास्थ्य सुरक्षाा ख्याल गर्दै खेलेर जुटाएकाे २५ हजार नगद चिशंखुगढी १ की क्यान्सर पीडित महिला भीमकुमार थुलुङकाे उपचारका लागि दिएकाे क्लबका अध्यक्ष जसिहब थुलुङले जानकारी दिए । उनले क्लबसिहत स्थानीय अन्य संस्थाहरुले समेत सहयाेग गरेकाे जनाए ।

    क्लबकाे २५ हजार, `पौराणिक मारुनी संरक्षण समिति´को कोषमा रहेको रकम  चालीस हजार र `चस्कू स्वास्थ्य आमा समूह´ बाट दस हजार  गरी एकमुष्ट रकम पचहत्तर हजार रुपैयाँ पीडित भीमकुमारीलाई प्रदान गरिएकाे छ । भुमेस्थान आधारभूत विद्यालयको प्राङ्गणमा  आयोजित कार्यक्रममा पीडितका श्रीमान् ज्ञानजित थुलुङलाई कार्यक्रमका प्रमुख अतिथी श्री जापान थुलुङबाट हस्तान्तरण गरिएकाे थियो ।

    हालसालै प्रारम्भ भएको उक्त क्लवको समितिमा अध्यक्षमा जसिहब थुलुङ `खार्ल्युम्च्यो´ उपाध्यक्षमा रविना राई महासचिवमा अपेक्षा राई सचिवमा अजित राई कोषाध्यक्षमा दुर्गाधन राई र सदस्यमा मनिस राई, मनिता राई, प्रदिप मगर र हितराज राई  चयन भएका छन् ।

    क्लव विशेष गरी शिक्षा, स्वास्थ्य, खेलकुद, कला तथा साहित्यलाई जोड दिएर सामाजिक विकासमा भूमिका खेल्ने उद्देश्यका स्थापना भएको हो । विगतमा विद्यमान `चस्कू सांस्कृतिक परिवार´ लाई नै अहिले आएर क्लवको रूप दिइएको र उक्त चस्कू सांस्कृतिक परिवार पनि क्लवकै मातहतमा रहने एउटा विभागको रूपमा स्वीकारिएको  बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस