२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

हस्ताक्षर चाेरिएकाे भन्दै छक्कबहादुर तीन छक्क, दाैडेरै पुगे बालुवाटार

  • २०७७ पौष ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- विघटित प्रतिनिधिसभाका सांसद छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् ।

    अर्कै प्रयोजनमा पहिले नै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको बताएका हुन् ।

    हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै जोडिएका थिए । पूर्व माओवादी नेता लामा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका सांसदहरुको भेलामा सहभागी हुन पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस